आफ्नो भूमिमा अमेरिकी सेना प्रवेश गरे खुट्टा काटिदिने इरानी सेनाको चेतावनी

आफ्नो भूमिमा अमेरिकी सेना प्रवेश गरे खुट्टा काटिदिने इरानी सेनाको चेतावनी

काठमाडौं : इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ।

इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्।

उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी जबाफ दिनेछौँ’सरकारी सञ्चारमाध्यमका अनुसार अली जहाँशाहीले सम्भावित विदेशी सैन्य घुसपैठबारे चेतावनी दिँदै भने, 'यदि कुनै अमेरिकी सैन्यकर्मीले इरानमा पाइला राख्छ भने, हामी उसको खुट्टा काटिदिनेछौँ'

उनले इरान शत्रुको जुनसुकै कदमको दृढ र रोकथामयुक्त जबाफ दिन पूर्ण रूपमा तयार रहेको बताए। सीमा क्षेत्रमा सेनाको तैनाथी र तयारीबारे जानकारी दिँदै कमाण्डर जहाँशाहीले देशको सीमामा स्थल सेना युद्धका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिए। 

इरानी सेनाले निरन्तर सीमा क्षेत्रका गतिविधि र सम्भावित खतराहरूमाथि कडा नजर राखिरहेको र सीमाको सुरक्षा मजबुत बनाइएको उनले दाबी गरे।  मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान  सैन्य चेतावनीका बिच अमेरिकासँगको कूटनीतिक सम्पर्क भने जारी छ, तर दुवै देशबिच प्रत्यक्ष वार्ता भने भएको छैन। 

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार सरकारी सञ्चारमाध्यम ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ (IRIB) सँग कुरा गर्दै हाल इरान अमेरिकासँग प्रत्यक्ष वार्तामा नरहेको स्पष्ट पारे। उनका अनुसार दुई देशबिच मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भइरहेको छ।  विदेशमन्त्री अराघचीले केही देशहरूले दुई देशबिच पुनः वार्ताको वातावरण बनाउन प्रयास गरिरहेको बताए।

 यद्यपि, अमेरिकाले अघिल्ला सम्झौता उल्लङ्घनका विषयहरूलाई नसच्याएसम्म र भएको क्षतिको पूर्ति नगरेसम्म इरान प्रत्यक्ष वार्तामा नफर्किने उनको भनाइ छ।  यसैबिच, इरानी विदेशमन्त्रीले स्ट्रेट अफ होर्मुजको विषयलाई लिएर ओमानसँग भइरहेको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। दुवै देश उक्त जलमार्गको कानुनी व्यवस्थापन र जहाजहरूको नयाँ रुट निर्धारणबारे छलफलमा छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.