देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न महन्थ ठाकुर र राजेन्द्र महतोको माग

देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न महन्थ ठाकुर र राजेन्द्र महतोको माग
फाइल तस्बिर

काठमाडौं : सुनसरीको देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। राष्ट्रियसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारीलगायतले एक विज्ञप्ति जारी गरेर उक्त माग गरेका हुन्।

विज्ञप्तिमा देवानगन्ज घटनापछि पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभित्र गर्ने स्पष्ट प्रतिबद्धता जनाइएको उल्लेख छ। तर, सम्झौता भएको लामो समय वितिसक्दा पनि मन्त्रिपरिषद्‍बाट मृतकलाई शहीद घोषणा गर्नेलगायतका निर्णय हुन नसक्नु सरकारको चरम गैरजिम्मेवारी र पीडितप्रतिको संवेदनहीनताको प्रमाण भएको उनीहरूको आरोप छ।

विज्ञप्तिमा काठमाडौंमा उपचाररत रविन्द्र मेहताको निधन भएको र समयमै शवको अन्त्येष्टिसमेत हुन नसकेको अवस्थाप्रति दुःख व्यक्त गरिएको छ। मृत्युपश्चात् सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने परिवारको अधिकारसमेत कुण्ठित हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उल्लेख गर्दै सरकारले पीडित परिवारको पीडा र जनआक्रोश थप बढाउने गरी ढिलाइ गर्न नहुने चेतावनी दिइएको छ।

विज्ञप्तिमा यसअघि जारी गरिएको ५ बुँदे मागसहित प्रधानमन्त्रीसँग भएको छलफललाई समेत पुनः स्मरण गराउँदै सरकारलाई सम्झौता तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ। देवानगन्ज घटनाका मृतक ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहाको गोलबजार घटनाका मृतक गणेश यादवसँगै उपचारका क्रममा निधन भएका सुनसरीका रविन्द्र मेहतालाई समेत तत्काल शहीद घोषणा गर्न माग गरिएको छ।

त्यस्तै सम्झौतामा उल्लेखित क्षतिपूर्ति, रोजगारी, राहत तथा अन्य प्रतिबद्धता अविलम्ब कार्यान्वयन गर्न माग गर्दै पीडितको धैर्यको थप परीक्षा नलिन सरकारलाई आग्रह गरिएको छ। तत्काल निर्णय गरी न्यायपूर्ण समाधानको बाटो नखोलिए सरकारको गैरजिम्मेवार रवैयाविरुद्ध शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्ष अघि बढाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.