ग्यास समस्या समाधान गर्न सरकारसँग कांग्रेसको माग

ग्यास समस्या समाधान गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्यासको सहजरूपमा ग्यास उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

त्यस्तै अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्तिलाई व्यवस्थापन गर्नसमेत माग गरेको छ। दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताए। त्यस्तै महँगी, कालोबजारी नियन्त्रण गर्न र जनतालाई आवश्यक राहतको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्ने र महाधिवेशन तयारीलगायत विभिन्न एजेण्डामाथि छलफल जारी रहने प्रवक्ता चालिसेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.