कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, प्रमुख सहर 'रेड अलर्ट'मा

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, प्रमुख सहर 'रेड अलर्ट'मा

काठमाडौं : कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

५७० जनाभन्दा बढी घाइते भएका छन्, भने देशका विभिन्न भागमा भवनहरू भत्किएर सयौँ मानिस पुरिएको आशंका गरिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले देशभर 'आपत्कालीन अवस्था' घोषणा गरेको छ। देशका पाँच वटा प्रमुख सहरहरूलाई 'रेड अलर्ट'मा राखिएको छ

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँ नजिकै १०३ किलोमिटर गहिराइमा रहेको थियो। यस भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइल दूरसम्म तीव्र रूपमा महसुस गरिएको थियो।

भूकम्पका कारण देशको प्रसिद्ध कफी उत्पादन क्षेत्र पेरेरा शहर सर्वाधिक प्रभावित भएको छ। पेरेरा महानगर क्षेत्रमा मात्रै ४० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने यहाँ ६५ भन्दा बढी भवनहरू पूर्ण रूपमा भत्किएका छन्। तीमध्ये १५ वटा भवनभित्र अझै मानिसहरू थिचिएर परेको आशङ्का गरिएको छ। 

पेरेराबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको काली शहरमा पनि ३२ वटा भवनहरू ध्वस्त भएका छन्। यसबाहेक मनिजालेस, क्विब्डो र मेडेलिन लगायतका प्रमुख शहरहरूमा पनि मानवीय तथा भौतिक क्षति पुगेको छ। कोलम्बियाको 'एसोसिएसन अफ क्यापिटल सिटीज'ले जारी गरेको पछिल्लो विवरण अनुसार भूकम्पमा परी ४८० भन्दा बढी मानिस घाइते भएका छन्, जसको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

कोलम्बियाली सुरक्षा निकाय, उद्धार टोली र स्थानीय स्वयंसेवकहरू भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्यमा तीव्र रूपमा जुटिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.