इरानको शक्ति संरचनामा फेरबदल, आईआरजीसीका अनुभवी कमान्डरलाई महत्वपूर्ण सुरक्षा जिम्मेवारी

इरानको शक्ति संरचनामा फेरबदल, आईआरजीसीका अनुभवी कमान्डरलाई महत्वपूर्ण सुरक्षा जिम्मेवारी

इरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिव तथा खामेनीका तर्फबाट उक्त उच्चस्तरीय निर्णय गर्ने निकायमा प्रतिनिधि नियुक्त गरिएको हो । उनले सन् १९८० को दशकमा इरान–इराक युद्धका क्रममा पनि आईआरजीसीको नेतृत्व गरेका थिए ।

सोमबार इरानमा सैन्य क्षेत्रका थप ६ महत्वपूर्ण पदमा नियुक्ति गरिएको छ । इरानको संयुक्त युद्ध कमान्डका प्रमुख अली अब्दोल्लाहीलाई सशस्त्र सेनाको नयाँ प्रमुख बनाइएको छ भने अली ओज्माईलाई आईआरजीसी नौसेनाको प्रमुख नियुक्त गरिएको छ । ब्रिगेडियर जनरल अहमद वाहिदीलाई पनि मेजर जनरलको दर्जासहित आईआरजीसीको कमान्डर–इन–चीफका रूपमा पुष्टि गरिएको छ ।

उनले मोहम्मद पाकपुरको स्थान लिएका हुन् । पाकपुरको फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धको प्रारम्भिक आक्रमणका क्रममा मृत्यु भएको थियो ।

जर्ज वासिङ्टन विश्वविद्यालयका मध्यपूर्व राजनीतिका सहायक प्राध्यापक सिना अजोडीले यी नियुक्तिहरूले अमेरिकासँगको वार्तामा कुनै नरम नीति नआएको संकेत गरेको बताएका छन् । उनले भने, ‘खामेनी, वाहिदी र आईआरजीसीको नेतृत्व सबैले अमेरिकाविरुद्ध निरन्तर प्रतिरोध गर्नु रणनीतिक रूपमा आवश्यक रहेको ठान्छन् भन्नेमा खासै शंका छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.