कांग्रेसको निष्कर्ष- सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ

कांग्रेसको निष्कर्ष- सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो।

बैठकले उक्त घटनामा पीडित परिवारसँग भएको सम्झौताअनुसार ४ जनालाई शहीद घोषणा गर्नबाहेक अन्य कुनै विषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्ब कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउनसमेत माग गरेको छ। 

बैठकले सरकारले पटक-पटक सहमति खोज्ने तर तिनको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्तिले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको र ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास टुट्दै गएको निष्कर्ष निकालेको छ।

केन्द्रीय कार्यसमितिको बैठकमा १५औं महाधिवेशन तयारी, सदस्यता अद्यावधिक र वितरण लगायतका विषयमा समेत सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए।

धेरै निर्वाचन क्षेत्र र जिल्लाहरूमा क्रियाशील सदस्यताको विषय टुङ्गो लागिसकेकाले पार्टी महाधिवेशनको दिशामा अघि बढिरहेको उनले बताए। बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसम्पादन, तिनलाई पूर्णता दिने विषय र तिनका विधानका सम्बन्धमा आवश्यक छलफल भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.