बोलिभियाको सैन्य ब्यारेकमा विष्फोट: दुई जनाको मृत्यु, ५८ जना घाइते

बोलिभियाको सैन्य ब्यारेकमा विष्फोट: दुई जनाको मृत्यु, ५८ जना घाइते

बोलिभिया: दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले  आशंका गरेका छन्।

बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो हुस्टिनियानोका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे आर्टिलरी रेजिमेन्ट तैनाथ रहेको ब्यारेकमा राखिएका 'पाइरोटेक्निक सामग्री' (पटका तथा आतिशबाजीका सामान) विष्फोट भएको हो। उक्त दुर्घटनामा परी कम्तीमा ५८ जना घाइते भएको रक्षा मन्त्रीले जानकारी दिएका छन्।

राजधानी ला पाजबाट करिब ३० किलोमिटर टाढा रहेको बियाचामा भएको यस घटनामा १० देखि १५ जनासम्मको मृत्यु भएको हुनसक्ने आशङ्का स्वास्थ्य अधिकारी रिट नुब्रास्कोले स्थानीय टेलिभिजनलाई बताएका छन्। विष्फोटका कारण आसपासका दर्जनाऊँ घरहरूमा क्षति पुगेको छ भने उद्धारकर्ताहरू हाल भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्।

स्वास्थ्य अधिकारी नुब्रास्कोले पुनः विष्फोट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सैन्य अड्डाबाट कम्तीमा १५० मिटर टाढा रहन अपिल गरेका छन्। ब्यारेकमा आतिशबाजीका सामग्रीहरू भण्डारण गरेर राखिएको र विष्फोटको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रोजर रोकाले बताएका छन्।

यस दुःखद घटनापछि बियाचाका स्थानीय अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.