संसद् भवन परिसरमा जेन्जी पार्कको शिलान्यास

संसद् भवन परिसरमा जेन्जी पार्कको शिलान्यास
सुन्नुहोस्

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। 

शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताए । मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए । मन्त्री गुरुङले पार्क निर्माणले मात्र शहिद जेन्जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरु गर्न बाँकि रहेको बताए।

कार्यक्रममा बोल्दै भौतिक तथा पुर्वाधार मन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस अघिको शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जी शहिदहरुको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.