हामी हरेक ढंगले सरकारको साथमा छौं : सभापति थापा

हामी हरेक ढंगले सरकारको साथमा छौं : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताएका छन्। आईतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सक्ने मात्र नभई अतिरिक्त बल लगाएर  नसक्ने कामहरु पनि गर्ने बताएका हुन्। 

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर आएका थापाले बैठकमा प्रभावित क्षेत्रको कहालीलाग्दो अवस्था सुनाएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले २०७२ सालको भूकम्पलेभन्दा बढी भौतिक र मानवीय क्षति गरेको थापाले उल्लेख गरे। 

यस्तै विभिन्न जलविद्युत आयोजनको सुरङमा फसेका व्यक्तिहरुलाई सम्पूर्ण शक्ती परिचालन गरेर तत्काल उद्धार गर्न पनि सरकारलाई सभापति थापाले आग्रह गरेका छन्। सुरुङबाट उद्धार भएका व्यक्तिहरुको पनि समयमा उद्धार नगरिएको भन्दै थापाले आक्रोश व्यक्त गरे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.