उत्तरी गोरखाका दुई गर्भवतीको हेलिकोप्टरबाट उद्वार
गोरखा : डेलिभरीको मितिभन्दा १० बढी दिन भइसक्दा पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका दुई महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
चुमनुब्री गाउँपालिका वडा नं. ३ पाङ्सिङका पसनी गुरुङ र सुजाता गुरुङलाई मंगलबार उद्धार गरी काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
डेलिभरीको मितिमा बच्चा नजन्मिएपछि बच्चाले गर्भभित्रै दिसा खाने खतरा हुने र पाठेघरको रसिलो पदार्थ सिद्धिएर जोखिम हुने भएकाले उद्धार गर्नु परेको सिर्दिबास स्वास्थ्य चौकीकी अनमी जोसिका गुरुङले जानकारी दिइन्।
जोखिम भएपछि तत्काल एम्बुलेन्समा लैजान सडक अवरुद्ध भएको र बोकेर लैजान पनि सम्भव नहुने भएकाले हेलिकोप्टरबाट उद्वार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनीहरुको उद्धार गरिएको हो।
प्रतिक्रिया दिनुहोस !