रास्वपा सांसद धितालको प्रश्न : अरुले मात्रै सुध्रिनु पर्ने, हामीले चाँहि नपर्ने ?

रास्वपा सांसद धितालको प्रश्न : अरुले मात्रै सुध्रिनु पर्ने, हामीले चाँहि नपर्ने ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्। 

मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा सांसद धितालले प्रश्न उठाएकी हुन्।

‘त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन ,जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन। जसले जेनजी को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन् ?,’ धितालले लेखेकी छन्।

विगतमा आफूहरुले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस् र जसको जुन स्थान हो, त्यही स्थानमा बसोस् भनेर सडकमा आन्दोलन गरेको स्मरण गर्दै उनले अहिले आफूमाथि प्रश्न गर्नेहरुलाई किन धम्की र चेतावनीको भाषा बोल्दै छौं ? भन्दै सोधेकी छन्। 

‘सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?,सांसद धितालको प्रश्न छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.