सुन-चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ७ सय ९० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस !