मन्त्रीको धम्कीले बिच्किए उद्योगी

मन्त्रीको धम्कीले बिच्किए उद्योगी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको  धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका छन् । बजारमा ग्यास आपूर्ति सहज बनाउन सहकार्य गर्नुपर्ने समयमा मन्त्रीले व्यवसायीलाई ‘पाता कस्ने’ र ‘खारेज गर्ने’ चेतावनी दिएपछि विवाद चर्किएको हो ।

बुधबार संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाइन् । ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन । मेरो अन्तिम निचोड यही हो,’ उनले भनेकी थिइन् ।

मन्त्री यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगमध्ये धेरैजसो अनावश्यक रहेको भन्दै दुई वटाबाहेक अरू खारेज गर्नुपर्ने दाबी गरिन् । उनले लोक सेवा पास गरेर आएका कर्मचारीको ब्रेन गलत दिशामा लागेको आरोपसमेत लगाइन् । मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले भने ग्यास आपूर्तिको समस्या समाधान गर्नुपर्ने बेलामा व्यवसायीलाई धम्की दिएको भन्दै प्रधानमन्त्री कार्यालय गुहारेको बताए । 

व्यवसायीहरूले ग्यास अभावको मुख्य कारण सरकारको गलत नीति रहेको दाबी गरेका छन् । आधा सिलिन्डर ग्यास बेच्ने सरकारको दीर्घकालीन निर्णयले समस्या झनै जटिल बनाएको उनीहरूको भनाइ छ । 

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारकै नीतिले अभाव भएको बताउँदै भने, ‘हामीले १५ दिनका लागि मात्र आधा सिलिन्डर बेच्नुपर्छ भनेका थियौं, सरकारले ३ महिना बेच्यो । अब दैनिक ८० हजार सिलिन्डर उपत्यकामा नभित्रिएसम्म समस्या समाधान हुँदैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.