काठमाडौं : एसिसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा ओमानविरुद्ध नेपालले पावर प्लेमा तीन विकेट गुमाएको छ।
मलेसियाको वायुमास क्रिकेट ओभलमा ओमान विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पसवरप्लेमा नै तीन ओपनिङ ब्याटर गुमाएको हो।
पहिलो विकेटका रूपमा विकेट किपर ब्याटर आसिफ शेखको विकेट गुमाएको नेपालले दोस्रो विकेट देव खनालको गुमायो। तेस्रो विकेटको रुपमा वान डाउन आएका इशान पाण्डे पेभेलियन फर्किए।
आशिले ११ रन बनाएर क्याचआउट भए। देव खनालले १३ रन बनाउँदा इशान पाण्डे पनि खाता मात्रै खोल्दै डगआउट फर्किएका हुन्। पहिलो पावर प्लेमा ३ विकेट गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो। ० ओभरमा तीन विकेट गुमाउँदै ३३ रन बनाएको नेपालले १२ ओभरको खेल सकिँदा नेपालले चार विकेटको क्षतिमा ३७ रन बनाएको छ।
चौथो विकेटको रुपमा रोहित कुमार पौडेल पनि ३ रन बनाउँदै एलबिडब्लु आउट भए। आजको खेलमा नेपालका लागि शेर मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने शेर मल्ल नेपालको लागि ४५ औं खेलाडी हुन्।
नेपालको प्लेङ ११ :
सन्दीप लामिछाने (कप्तान), देव खनाल, आसिफ शेख, इशान पाण्डे, रोहित पौडेल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, ललित नारायण राजवंशी, करण केसी र शेर मल्ल
प्रतिक्रिया दिनुहोस !