आरोहीले खचाखच मनास्लु आधार शिविर

आरोहीले खचाखच मनास्लु आधार शिविर
आरोहीले खचाखच भरिएको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु आधार शिविर।
सुन्नुहोस्

गोरखा :  शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका २९ टोलीका ३ सय ४८ जना आरोही तथा उनीहरूका सहयोगीले बेसक्याम्प खचाखच भरिएको बेसक्याम्प नजिकै रहेको सामागाउँका मिङ्मार छिरिङ लामाले जानकारी दिए।

चुमनुब्री गाउँपालिका–१ स्थित ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३ सय ४८ जनामध्ये धेरैजसो आरोहीहरू नजिकको बस्ती सामागाउँमा आइसकेका छन्। ‘अधिकांश आरोहीहरू काठमाडौं तथा आर्खेत, सोती, आरुघाटबाट हेलिकप्टर चार्टर गरी सामागाउँ आउने गर्छन्’, उनी भन्छन्, ‘कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्दछन्।’ आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरले नै र लामा तथा ठूलो साइजका सामान खच्चडलाई बोकाएर सामागाउँसम्म पुर्‍याउने गरिन्छ। 

आरोहीका सामान सामागाउँबाट भने स्थानीयवासीले बोकेर बेसक्याम्पसम्म पुर्‍याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सरसामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङ्सेल छोदेन लामाले जानकारी दिइन्। आरोहणका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ।पर्यटन विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३ सय ६७ जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३ सय ४८ आरोही रहेको विभागले जनाएको छ।

 

  • शरद ऋतुमा आरोहण गर्न अनुमति लिएका २९ टोलीका ३ सय ४८ आरोही तथा उनीहरूका सहयोगीले बेसक्याम्प भरियो।
  •  मनास्लुका आरोहीबाट १५ करोड ८७ लाख ५६ हजार राजस्व संकलन।
  • मनास्लुको पहिलो आरोहण गर्नेमा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पा हुन्।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट १५ करोड ९६ लाख २० हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५ रुपैयाँ राजस्व संकलन भएको छ। आरोहीले यहाँबाट एक सातादेखि एक महिनासम्मको अभ्यासपछि मनास्लु आरोहण गर्ने गर्छन्। सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.