८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश

ओमानलाई हराउँदै नेपालको शानदार जित, उपाधिका लागि युएइसँग खेल्ने

ओमानलाई हराउँदै नेपालको शानदार जित, उपाधिका लागि युएइसँग खेल्ने
सुन्नुहोस्

काठमाडौं : एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो।

नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। 

ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे। ओमानको लागि जतिन्द्र सिंहले सर्वाधिक २५ रन बनाए। उनले ४१ बलमा दुई चौका प्रहार गरे। अर्का ब्याटर जितेन रमनान्डीले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्रीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

नेपालको लागि बलिङतर्फ, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ३/३ विकेट लिँदा ललितनारायण राजवंशी र रोहित कुमार पौडेलले २/२ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। ओपनर दोय देव खनाल र आशिफ शेखले क्रमशः १३ र १५ रन बनाए। बसिर अहमदले ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  मध्यक्रममा दिपेन्द्र सिंह ऐरी र बसिर अहमदले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । त्यसपछि भने नेपालका कुनै पनि बाटो टिकेनन्।

ओमानका लागि बलिङतर्फ जय विक्रम ओडेडारा र हसनैन शाहले सामान ३/३ विकेट लिए। मोहम्मद इमरानले २ विकेट लिँदा सकिल अहमद र मुजिबुर अलीले १/१ विकेट लिए।

नेपालले फाइनल खेलमा युएईसँग खेल्नेछ। युएई र हङकङबीच भएको दोस्रो सेमीफाइनल खेलमा युएइले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.