अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिगको फाइनलमा

अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिगको फाइनलमा
सुन्नुहोस्

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो। 

पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो। अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो।

सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसंग पराजित हुनुअघि सगरमाथा कर्णालीसंग ३–२ तथा काठमाडौं रेड्ससंग ३–० ले चुकेको थियो । २ खेल जितेको सगरमाथाले मधेशलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो।

प्रतियोगिताअन्तर्गत बिहीबारै २ खेल हुन बाँकी छ । मधेश र कर्णालीबीच ४ः०० बजे र काठमाडौं रेड्स र खप्तडबीच ७ः०० बजे खेल हुनेछ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो।
विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.