ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार
काठमाडौं : नेपालमा जीडब्ल्यूएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्याउने तयारी तीव्र बनाएको जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसबाट सडक अवरोधका बीच पनि गाडीको ढुवानी तथा डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ।
भीजी इम्पेक्सका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ र डेलिभरीको समयतालिकासम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ। कम्पनीले ग्राहकलाई बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ।
जीडब्ल्यूएम नेपालले नेपाली अटो बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको छ। कम्पनीका अनुसार नयाँ मोडलको विस्तारसँगै नेपाली ग्राहकलाई विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !