मधेस प्रदेश स्तरीय मुसहर बाल सञ्जाल गठन
सिरहा : बालविवाह र बालश्रम विरुद्ध अभियान चलाउन मधेस प्रदेश स्तरीय मुसहर बाल सञ्जाल गठन भएको छ।
८ वटै जिल्लाका १५ देखि १८ उमेर समुहका २४ जना किशोर र किशोरीहरुलाई दुई दिने अभिमुखीकरण गरी १३ सदस्यीय समिति गठन गरिएको छ। बाल अधिकार, बालविवाह र बालश्रम सम्बन्धि अभिमुखिकरणमा जानकारी गराईएको छ।
नेपाल राष्ट्रिय मुसहर संघ केन्द्रीय समितिको समन्वय तथा सबल नेपालको आयोजनामा बालविवाह र बालश्रम न्यूनीकरण गर्न अभियान सञ्चालन गर्न सञ्जाल गठन गरिएको हो। मुसहर समुदायका किशोर र किशोरीहरुले भोगिरहेका समस्याहरु विषयमा जनचेतना, गोष्ठी र अभिमुखीकरण अभियान चलाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !