होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न कांग्रेसको माग
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका पीडितहरू होल्डिङ सेन्टरमा अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद केसीले खासगरी महिला,वृद्धवृद्धा तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनीहरूका लागि थप सुरक्षा,संरक्षण र व्यवस्थापन आवश्यक रहेको बताए।
‘उनीहरूलाई यथासक्य सुरक्षित र अस्थायी व्यवस्थापनका लागि माग गर्दछु,’उनले भने।
विनाशकारी बाढीका कारण काठमाडौं,नुवाकोट,रसुवा र त्रिशूली वारिपारिका क्षेत्रमा आवतजावत पूर्ण रूपमा विच्छेद भएको भन्दै उनले प्रभावित क्षेत्रमा स्थानीय तहहरू जोड्न बेलिब्रिज निर्माण गर्न माग गरे।
प्रतिक्रिया दिनुहोस !