'राइट टु रिकल'सम्बन्धी दस्तावेज बनाउन रास्वपाले बनायो समिति
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले 'राइट टु रिकल'सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ।
पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
समितिको सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।
पार्टी प्रवक्ता जगदिश खरेलले विज्ञप्ति जारी गर्दै 'राइट टु रिकल'सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरिएको जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !
७