दुर्घटनामा गम्भीर घाइते भएका वृद्धलाई अर्कै ठाउँको सडकमा फालेर भागे चालक, केहीबेरमै भयो मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका वृद्धलाई अर्कै ठाउँको सडकमा फालेर भागे चालक, केहीबेरमै भयो मृत्यु
सुन्नुहोस्

विराटनगर : दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार भएका छन् । अस्पताल लैजाने भन्दै सिटी सफारीमा राखी अलि पर लगेर सडकमा छाडिएका ८२ वर्षीय तीर्थराज बस्नेतको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी बस्नेतलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी सोही सिटी सफारीमा राखेर उपचारका लागि पठाएका थिए ।

तर,घाइते वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेको खुलेको छ । प्रहरीका अनुसार वृद्धलाई सडकमा छाडेपछि चालक सिटी सफारीसहित त्यहाँबाट फरार भएका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार केही समयपछि मालपोत कार्यालयनजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन् । बिहान करिब ६:३० बजेतिर वृद्ध पुरुष सडकमा मृत अवस्थामा रहेको सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । सुरुमा मृतकको पहिचान खुल्न सकेको थिएन । पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत भएको सनाखत गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्‍याइएको भए उनको ज्यान जोगिन सक्ने थियो । तर,उपचारको जिम्मेवारी लिनुपर्ने चालकले घाइतेलाई बीच सडकमा छाडेर भागेको घटनाले मानवीय संवेदनामाथि नै गम्भीर प्रश्न उठाएको एसपी कटवालले बताए । ‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्न सक्ने अवस्था थियो । तर,सडकको किनारमा छाडेर चालक फरार भएको देखिन्छ,’एसपी कटवालले भने ।

घटना लगत्तै प्रहरीले सिटी सफारी र चालकको खोजी थालेको थियो । खोजीका क्रममा बिहान करिब ८:३० बजेतिर मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका छन् । पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

‘शव फेला परेको जानकारी आउनसाथ डीएसपीको नेतृत्वमा टोली घटनास्थल पुग्यो । घटनाको प्रारम्भिक अनुसन्धानबाट वृद्धलाई सिटी सफारीले ठक्कर दिएको र चालकले अर्कै ठाउँमा लगेर सडकमा फालेर फरार भएको पाइयो । सफारी चालकको पहिचान तत्काल हुन सकेन । 

प्रहरी सक्रियताका कारण पहिचान गरेर केहीबेरमै घटनामा संलग्न चालकलाई पक्राउ गर्न सफल भइयो,’एसपी कटवालले भने । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक बस्नेतको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.