रसुवामा बाढी प्रभावितका लागि ड्रोनबाट राहत सामग्री ढुवानी गरिदै
रसुवा : आमाछोदिङमो र गोर्साइकुण्ड गाउँपालिकामा बाढी प्रभावितलाई ड्रोनबाट राहत सामग्री ढुवानी भइरहेको छ।
खोज तथा उद्वारका लागि ड्रोन प्रभावकारी भएको मानवरहित विमान संघका महासचिव तथा ड्रोन हव नेपालका सञ्चालक प्रवीण भट्टराइले बताए। नेपाली सेनासँगको समन्वयमा मानिस जान नसक्ने ठाउँमा विशेष गरी नदी तीरमा शवको खोजी तथा उद्धारका लागि ड्रोन मार्फत प्राप्त सूचनाका आधारमा शवको खोजी र उद्धारका कार्य भएको महासचिव भट्टराइले बताए।
ड्रोनका करण पाइप, टायर, तार, ग्यास सिलिण्डर, कपडा, ढलान टुक्रा, हेल्मेट जस्ता चिजदेखिएपछि थप खोज उद्धारमा सहज भएको छ।
मानिस जान नसक्ने गाउँमा ड्रोनले एक पटकमा ८० किलो र दैनिक १ हजारदेखि १५ सय किलोसम्म राहत सामग्री ढुवानी गर्ने गरिएको थियो। बेत्रावतीदेखि रसुवागढीसम्म सम्पर्क विहीन व्यक्तिको खोजीका लागि समेत ड्रोनको प्रयोग गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !