१४ औं महाधिवेशनबाट निर्वाचित सदस्यलाई १५ औं महाधिवेशनमा समेट्ने कांग्रेसकाे निर्णय

१४ औं महाधिवेशनबाट निर्वाचित सदस्यलाई १५ औं महाधिवेशनमा समेट्ने कांग्रेसकाे निर्णय
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय गरेको छ। 

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।  निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गरिने भएको छ। पार्टीमा कुनै पनि असन्तुष्टि बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अघि बढ्न लागिएको कांग्रेसले स्पष्ट पारेको छ। 
 

बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म ऐतिहासिक खुला मञ्चमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी भदौ ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय समेत गरेको छ।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.