ट्याक्टर र जिप ठोक्किँदा एकजनाको मृत्यु, १० जना घाइते
काठमाडौं : चितवनको कालिका नगरपालिका –०५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सोमबार दिउँसो १३:३५ बजेतिर मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका सबैको पुरानो मेडिकल कलेज भरतपुर लगि उपचार भइरहेको छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्याउनुका साथै ट्याक्टर चालक कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !