कपिलवस्तुमा कन्टेनरसहित बिलबिजकविना ल्याइएका ७ हजार थान रेडिमेड सर्ट बरामद

कपिलवस्तुमा कन्टेनरसहित बिलबिजकविना ल्याइएका ७ हजार थान रेडिमेड सर्ट बरामद

कपिलवस्तु  : कपिलवस्तुको शिवराज नगरपालिका–२ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलबिजक नम्बर उल्लेख नभएको ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका रेडिमेड सर्ट बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र. ०१–००७ ख ०४३० नम्बरको कन्टेनर नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा कन्टेनरबाट ७ हजार १५२ थान रेडिमेड सर्ट फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बरामद रेडिमेड सर्टको अनुमानित मूल्य ५२ लाख ५३ हजार १४४ रुपैयाँ रहेको छ। कन्टेनरको अनुमानित मूल्य ३० लाख रुपैयाँ कायम गरी बरामद सामान र सवारीसाधनको कुल मूल्य ८२ लाख ५३ हजार १४४ रुपैयाँ कायम गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बिलबिजक नम्बर उल्लेख नभएको पाइएपछि कन्टेनरसहित सामान नियन्त्रणमा लिइएको हो। 

बरामद सामान र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ। प्रहरीले बरामद रेडिमेड सर्टको स्रोत, बिलबिजक तथा राजस्वसम्बन्धी विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न पक्ष तथा सामानको वैधताबारे अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.