राज्यको सूचना चुहावट गर्ने जोसुकै होस्,उन्मुक्ति हुँदैन : गृहमन्त्री

राज्यको सूचना चुहावट गर्ने जोसुकै होस्,उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री सुदन गुरूङले देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताएका हुन्।

‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्,कुनै उन्मुक्ति पाउने छैन,कानुनको कठघरामा ल्याइनेछ,’उनले भनेका छन्।

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उनले बताएका छन्।

गृहमन्त्री गुरूङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभइ सार्वजनिक जिम्मेवारी भएको बताएका छन्। पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ। ‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना,सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न,अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ,’उनले लेखेका छन्।

यसअघि सोमबार गृह मन्त्रालयले  सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)वंशीराज दाहाललाई निलम्बन गरेको छ।

एआईजी दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।

उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो। मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ। सोही सन्दर्भलाई लिएर गृहमन्त्री गुरूङले राज्यको सूचना चुहावट गर्ने जोसुकै भएपनि कानुनको कठघरामा ल्याइ छोड्ने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.