संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूतविरुद्धका उजुरी खोलिने
काठमाडौं : विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरू हुने भएको छ। राजदूतहरूको सुनुवाइका लागि प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सवा ११ बजेका लागि बोलाइएको छ।
बैठकमा प्रस्तावित राजदूतहरूमाथि प्राप्त उजुरी खोलिने र ती उजुरीहरू समितिका सदस्यहरूलाई वितरण गरिने जनाइएको छ। साथै बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गरिने कार्यसूची छ।
प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी प्राप्त भएको जनाइएको छ । २ असोजमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १३ वटा देशका लागि राजदूतहरू सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे, भारत
२. डा. कल्याणराज शर्मा, चीन
३. चिरनजंग थापा, संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत
५. जिग्यान कुमार थापा, जापान
६. सुरेशकुमार कर्ण, इजरायल
७. प्राप्ति शेरचन, स्पेन
८. सरू जोशी, जर्मनी
९. डा. पद्माक्षी राणा, ओमान
१०. चूडामणि खरेल, मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया
१२. डा. मंचल झा, श्रीलंका
१३. गिरीबहादुर सुनार, साउदी अरेबिया
प्रतिक्रिया दिनुहोस !