धानबारीमा लुकाइएको २१० किलो गाँजा बरामद

धानबारीमा लुकाइएको २१० किलो गाँजा बरामद
तस्बिर : अन्नपूर्ण

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रनजिकै मोरङको जहदास्थित धानबारीमा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारीबाट सोमबार बजेतिर २१० किलो गाँजा बरामद भएको हो । 

विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट परिचालित टोलीले राति करिब ९ बजे खोजतलास गर्दा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार धानबारीमा शंकास्पद रूपमा राखिएको वस्तु जाँच गर्ने क्रममा गाँजा भेटिएको हो । बरामद गाँजा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गाँजा कसले त्यहाँ ल्याएर राखेको थियो भन्ने खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचानको प्रयास गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सीमा क्षेत्रनजिकैबाट ठूलो परिमाणमा गाँजा बरामद भएकाले भारततर्फ लैजाने उद्देश्यले त्यहाँ भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.