कांग्रेसको बन्द सत्र जारी : सभापति,उपसभापति,महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित हुँदै
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ । सोमबारदखि सुरू भएको बन्द सत्रमा सभापति गगनकुमार थापा,उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ ।
सोमबार महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको हो । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको हो ।
अहिले खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्द सुरू गरिएको जानकार दिए । उनले तीनवटा हलमा आ-आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएकोमा आज सुरूआतमा छुट्टाछुट्टै सुरू भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाइ पारित गर्ने योजना बनाइएको छ ।
'सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा,महामन्त्री गुरूराज घिमिरे,कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ । त्यसपछि पारित हुन्छ,'संयोजक आचार्यले भने।
प्रतिक्रिया दिनुहोस !