एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्लाले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

एनआईसी एशिया बैंक र होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएसँगै यस्तो सुविधा पाउने भएका हुन् ।

यस समझदारी अनुसार एनआईसी एसियाका ग्राहकले उक्त होटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन् ।

यस्तै, बैंकका ग्राहकहरुले होटलको आवासीय, खाना तथा पेय पदार्थ उपयोगमा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस छुट सुविधा अन्तर्गत डिलक्स वर्गका विभिन्न कोठाहरुको आवासीय सेवा लिँदा सप्ताहन्त (शुक्रबार र शनिबार) मा ५ प्रतिशत छुट सुविधा रहेको छ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । अन्य दिनहरुमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधाको उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.