राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने सूर्यविनायकका खेलाडीलाई सम्मान

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने सूर्यविनायकका खेलाडीलाई सम्मान

भक्तपुर : सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने स्थानीय खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।

नगर खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षक पहिचान र सम्मान गरिएको हो।

सो अवसरमा कराँते, भारोत्तोलन, सावाते, भलिबल, तेक्वान्दो, कबड्डी, रग्बी, हक्की, फुटबललगायत विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षक गरी २२ जनालाई सम्मान गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिए।

 कार्यक्रममा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने वसिल तायना, रुपक कुमार विष्ट, सन्ध्या नगरकोटी, समिक्षा नगरकोटी, सञ्जु नगरकोटी, वैभवी सापकोटा, एकिन कासुला, आरती सिलवाल, प्रभुराम केसी, सन्मा मुलगुठी लगायतलाई सम्मान गरिएको छ।

त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने रुपक भुजु, निरोज कार्की, विवश बासु, राम ढुङ्गाना, गंगाराम देउजा लगायतका खेलाडीलाई पनि सम्मान गरिएको सदस्य सचिव थापाले बताए । कार्यक्रममा शिवम केसी र पुजन हिङ्गजुलाई ग्रासरुट फुटबलतर्फ उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरिएको छ।

कार्यक्रममा उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामा तथा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट शेरबहादुर थापा मगर सम्मानित भएका छन् । खेलकुदमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको माविलाई समेत सम्मान गरिएको छ ।

सम्मानितहरुलाई नगद बीस हजार रुपैयाँ, सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले खेल क्षेत्रलाई चलायमान बनाउन एक करोड बजेट बिनियोजन गरिएको बताए। 

हरेक महिना कुनै न कुनै खेलका प्रतियोगिता र कार्यक्रम नगरपालिकाले संचालन गरिरहेको जानकारी दिँदै उनले खेलाडीको मेहनत, अनुशासन र संघर्षलाई नगरपालिकाले सम्मानको शुरूवात गरेकोले यसले खेल क्षेत्रमा अझ राम्रो गर्न प्रेरित गर्ने बिश्वास ब्यक्त गरे। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रवक्ता रविन्द्र सापकोटा लगायत जनप्रतिनिधि र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.