धरौटीमा छुटे एन्फाका कोषाध्यक्ष रविन्द्र र लेखापाल सन्जीव
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल धरौटीमा छुटेका छन्।
ललितपुर जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको एकल इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो। अदालतले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीसँग १५ लाख र लेखापाल सन्जीव पौडेसँग १२ लाख धरौटी माग गरेको प्रवक्ता टिकाध्वज कार्कीले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। धरौटी माग भएपछि उनीहरूले शुक्रबार नै धरौटी तिरेर तारिखमा रिहा भएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई असोज २ गते पक्राउ गरेको थियो। आर्थिक हिनामिना तथा खेल मिलेमतोको कसुरमा सिआइबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानुन बमोजिम नगरेको, विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, ब्रोडकाष्टिङ र टिकेटिङ राइटमा भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको थियो।
प्रतिक्रिया दिनुहोस !