प्रदेश लोक सेवा आयोग कोशीको गम्भीर ध्यानाकर्षण

प्रदेश लोक सेवा आयोग कोशीको गम्भीर ध्यानाकर्षण

काठमाडौं : प्रदेश लोक सेवा आयोग कोशीले आफ्नो बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

आयोगले विभिन्न सञ्चार माध्यममा आफू सम्बन्धित प्रकाशित समाचारका विषयस्तुले सरोकारवालामा भ्रम सिर्जना हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।

आयोगले आफ्नो कार्यसम्पादन नेपालको संविधान, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५, प्रदेश लोक सेवा आयोग ऐन, २०७६ तथा प्रदेश लोक सेवा आयोग नियमावली, २०८१ लगायत प्रचलित कानुनी व्यवस्थाका आधारमा गर्दै आएको जनाएको छ।

त्यस्तै प्रदेश लोक सेवा आयोग (कार्यसञ्चालन) निर्देशिका, २०८१, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, कर्मचारी एवं दक्ष, विज्ञ वा विशेषज्ञहरूको आचारसंहिता, २०७७ र प्रदेश लोक सेवा आयोग खर्च (व्यवस्थापन) कार्यविधि, २०७७ लगायत सेवा सर्तसम्बन्धी प्रचलित कानुनका आधारमा आयोगले कार्यसम्पादन गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.