सेयर बजारमा २१.३२ अंकको वृद्धि,कारोबार रकम घट्यो

सेयर बजारमा २१.३२ अंकको वृद्धि,कारोबार रकम घट्यो
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक आज २१.३२ अंकले वृद्धि भएर बन्द भएको हो।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको थियो। त्यसको अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको सेयर खरिदबिक्री भयो। सोमबार  ४ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।

यसदिन ३५४ वटा स्क्रिप्सको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार  ३३१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८८ वटा स्टक्सको मूल्य बढ्दा ८० वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

सेयर बजार दोहोरो अंकले वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.७५ प्रतिशत एसबीआई डिवेन्चर २०८९ को सेयर सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो। 

सगरमाथा जलविद्युत कम्पनीको सेयर ६.३२ प्रतिशतले घट्दा एभरेष्ट कलर,स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.७५,अपर लोहरे खोला हाइड्रोपावरको ३.६४ र सिटी होटलको ३.३३ प्रतिशतले घट्यो।

१३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ,डेभलपमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ प्रतिशत बढिले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.