क्यालिफोर्नियामा मतदाता सूचीको विवाद चर्काउँदै ट्रम्प प्रशासन

क्यालिफोर्नियामा मतदाता सूचीको विवाद चर्काउँदै ट्रम्प प्रशासन
सुन्नुहोस्

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूलाई लस एन्जलस काउन्टीको मतदाता नामावलीमा रहेका भनिएका गैरनागरिकहरूको सूची ४८ घण्टाभित्र समीक्षा गर्न चेतावनी दिएको छ । तोकिएको समयभित्र आवश्यक कदम नचाले कानुनी कारबाही अघि बढाउने न्याय विभाग (डीओजे) ले जनाएको छ ।

न्याय विभागका अधिकारीहरूले हस्ताक्षर गरेका पत्रमार्फत दिइएको यो चेतावनी मतदाता नामावलीको छानबिनलाई तीव्र बनाउने प्रशासनको प्रयासको पछिल्लो कदम हो । यसअघि पनि केही राज्यमा निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने प्रशासनको प्रयासलाई अदालतहरूले अस्वीकार गरेका थिए ।

न्याय विभागले निर्वाचन अधिकारीहरूलाई कथित गैरनागरिक मतदाताहरूलाई मतपत्र पठाउन रोक्न र उनीहरूको नागरिकता पुष्टि नभएसम्म त्यस्ता मतदाताका मतपत्र छुट्टै राख्न आग्रह गरेको छ ।

कार्यवाहक उपमहान्यायाधिवक्ता ट्रेन्ट म्याककोटरले लस एन्जलस काउन्टीका रजिस्ट्रार–रेकर्डर र क्यालिफोर्नियाका राज्य सचिवलाई पठाएको पत्रमा आवश्यक कदम नचालिए विभागले ‘आपत्कालीन न्यायिक राहत माग्नुबाहेक अर्को विकल्प नहुने’ उल्लेख गरेका छन् ।

म्याककोटरका अनुसार न्याय विभागले पासवर्डद्वारा सुरक्षित थम्ब ड्राइभसमेत उपलब्ध गराएको छ । त्यसमा प्रशासनले सन् २०२६ मा हुलाकमार्फत मतपत्र पठाइएका गैरनागरिक भएको विश्वास गरेका व्यक्तिहरूको नाम समावेश रहेको दाबी गरिएको छ ।

यो घटनाक्रम ट्रम्प प्रशासनले निर्वाचनमा कथित धाँधली र मतदाता अनियमितता पत्ता लगाउने भन्दै अघि बढाएको राष्ट्रव्यापी प्रयाससँग सम्बन्धित छ। यद्यपि, सूचीमा नाम परेका व्यक्तिहरू गैरनागरिक नै हुन् भन्ने कुरा स्वतः प्रमाणित हुँदैन । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.