भारतको सर्वोच्च अदालतको फैसला-धर्म परिवर्तनपछि आरक्षणको सुविधामा दावी गर्न नपाइने
काठमाडौं : भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा आरक्षणको सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ। न्यायाधीश प्रशान्त कुमार मिश्र र चन्द्रशेखरको इजलासले मद्रास उच्च अदालतको निर्णय सदर गर्दै मुस्लिम धर्म अपनाएका व्यक्तिलाई पिछडिएको वर्ग (ओबीसी)अन्तर्गत समावेश गर्न अनुमति दिने तमिलनाडु सरकारको आदेश खारेज गरेको हो।
यो मुद्दा तमिलनाडु सरकारले ९ मार्च २०२४ मा जारी गरेको सरकारी आदेशसँग सम्बन्धित थियो। जसले इस्लाम धर्म परिवर्तन गरेपछि पिछडिएका वर्ग,अति पिछडिएका वर्ग,असूचित समुदाय र अनुसूचित जातिहरूलाई मुस्लिम पिछडिएका वर्ग (एमबीसी) श्रेणीमा समावेश गर्न अनुमति दिएको थियो।
सर्वोच्च अदालतले हिन्दू सामाजिक व्यवस्थाबाट गैरहिन्दू सामाजिक व्यवस्थामा प्रवेश गर्ने व्यक्तिले धर्म परिवर्तन गर्नुअघिको सामाजिक पछौटेपनका आधारमा मात्रै भारतीय संविधानको धारा १६(४) अन्तर्गत आरक्षणको सुविधा दाबी गर्न नसक्ने ठहर गरेको हो।
फैसला अनुसार,अघिल्लो सामाजिक व्यवस्थामा भोगेको पछौटेपनलाई धर्म परिवर्तनपछि स्वतः नयाँ धार्मिक समुदायमा पिछडिएको वर्गको दर्जा प्राप्त गर्ने आधार बनाउन मिल्दैन।
अदालतले धर्म परिवर्तन गरेर पुनः हिन्दू धर्ममा फर्किने व्यक्तिको हकमा पनि पुरानो सामाजिक हैसियतका आधारमा मात्रै आरक्षणको सुविधा निर्धारण गर्न नसकिने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस !