सेयर बजार सकारात्मक, कारोबार रकम ४ अर्ब ७१ करोड पुग्यो

सेयर बजार सकारात्मक, कारोबार रकम ४ अर्ब ७१ करोड पुग्यो
सुन्नुहोस्

काठमाडौं :बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो।  अघिल्लो दिन बुधबार नेप्से परिसूचक २१.३२ अंकले वृद्धि भएको थियो।

नेप्से परिसूचक एकल अंकले वृद्धि भएपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन  ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब १३ करोडको सेयर कारोबार भएको थियो।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो।  हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उनन्ती कोषको सेयर ६ प्रतिशतले बढिले वृद्धि भयो। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। 

यस्तै अपी पावरले २७ करोडको सेयर कारोबार गर्दा घलेम्दी हाइड्रोपावरले १८ करोड,पिपुल्स हाइड्रोपावरले १२ करोड र ग्रीन भेन्चर्सले ११ करोडको सेयर कारोबार गरे। यसदिन चारवटा समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए।

बैंकिङ,मनु एण्ड प्रो,अदर्श र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.