election background

प्रतिनिधि सभा निर्वाचन २०८२

वाइडबडी किन्न २४ अर्ब जुट्यो

वाइडबडी किन्न २४ अर्ब जुट्यो

काठमाठौं : नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान भित्र्याउने योजना पूरा हुने भएको छ । निगमले विमान खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँ जुटाएको छ । कर्मचारी सञ्चय कोष र नेपाल नागरिक लगानी कोषले विमान खरिद गर्न २४ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौता गरेका छन् ।

नेपाल सरकारको जमानतमा आइतबार र सोमबार भएको ऋण सम्झौताअनुसार सञ्चय कोष र लगानी कोषले १२÷१२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएका हुन् । निगमले दुवै संस्थाबाट नौ प्रतिशत ब्याजदरमा १५ वर्षका लागि ऋण लिने गरी सम्झौता गरेको हो । वार्षिक ब्याजदर समायोजन गर्ने गरी ऋणदातालाई वार्षिक चार किस्ताको दरले रकम बुझाउने गरेर ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउनुभयो । आइतबार सञ्चय कोष र सोमबार नागरिक लगानी कोषसँग ऋण सम्झौता भएको हो।

कर्मचारी सञ्चय कोष र नेपाल नागरिक लगानी कोषले विमान खरिद गर्न २४ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौता गरेका छन्।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक कंसाकारले १२ अर्बको ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुवै संस्थाबाट आधाआधा रकम लिएर यही साताभित्र जहाज खरिदका लागि आवश्यक रकमको ३५ प्रतिशत अर्थात् आठ अर्ब रुपैयाँ पठाउने कंसाकारले जानकारी दिनुभयो । वैशाखको पहिलो साता नै नेवानिले लिने ऋणको सरकार जमानत बस्ने निर्णय भए पनि प्राविधिक कारणले ऋण सम्झौता हुन सकेको थिए । निगमले अमेरिकन लिजिङ कम्पनी एएआरसँग चैत २५ गते दुईवटा जहाज खरिद सम्झौता गरेको थियो । सम्झौता भएको एक महिनाभित्रै पहिलो किस्ता बापतको रकम पठाउने सहमति भए पनि ऋण लिन समयलाग्दा ढिलो भएको कंसाकारले बताउनुभयो ।

पहिलो किस्ता बापत रकम पठाउन केही ढिला हुँदा जहाज आउने समय पनि एक महिना जति ढिलो हुने भएको छ । खरिद सम्झौतामा सन् २०१५ को अप्रिलमा पहिलो जहाज र मेमा दोस्रो जहाज नेपाल आइपुग्ने उल्लेख छ । एएआर कर्पोरेसनसँग प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज खरिद गर्ने प्रस्ताव निगमको सञ्चालक बोर्डले माघमै अनुमोदन गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ । अनुमोदन लगतै निगमले प्रारम्भिक सम्झौतापछि अमेरिकन कम्पनी एएआरलाई पौने ११ करोड रुपैयाँ बैना समेत पठाइसकेको छ । निगमले खरिद गर्ने जहाजका १६ वटा बिजनेस क्लास सिटसहित २८० सिट रहनेछ । निगमले दुईथान वाइड बडी ल्याएर लामो दुरी गन्तव्यमा सिधा उडान गर्ने योजना बनाएसकेको छ ।

निगमले युरोप र अमेरिकामा पनि सिधा उडान गर्ने योजना बनाएको छ । यसैगरी साउदी अरबको दमाम र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना पनि निगमको छ । निगमले खरिद गर्ने वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टासम्मको उडान गर्न सक्छ ।दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज हुनेछन् । हाल निगमले एक बोइङ ७५७-२०० र दुई न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ । निगमले बोइङ मर्मतका लागि भन्दै जहाज भाडामा लिने प्रक्रिया पनि सुरु गरेको छ ।

यसैगरी निगमलाई विश्व बजारमा चर्चित गराउन र व्यवस्थापन सुधार गर्दै नाफाका लैजान रणनितिक साझेदार भित्र्याउने तयारी गरिएको छ । निगमको रणनीतिक साझेदारका रूपमा जर्मनको लुफ्थान्सा आउने तयारीमा छ।नेपालको पर्यटन क्षेत्रको सुधारमा राष्ट्रिय ध्वाजवाहका एयरलाइन्स नै महत्वपूर्ण हुने भन्दै जहाज खरिद गर्न लागेको कंसाकारले बताउनुभयो ।

उडान क्षेत्रको व्यवसायी योजनाकमा कोषले निगमलाई यो पहिलोपटक ऋण दिएको हो । यसमा पाँच लाख ७० हजारभन्दा बढी आम नागकिरको निक्षेप छ । यसबाट प्रत्यक्ष रूपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन क्षेत्रमा थप विकास पुग्ने आशाको साथ १२ अर्ब ऋण दिएको लगानीकोषका पोखरेलले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.